३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बुटवलको सेमलारमा पालिका स्तरीय प्रथम यु-१६ तथा लुम्बिनी प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने



बुटवल । युवा खेलाडी प्रोत्साहन गर्ने गरि रुपन्देही बुटवल उपमहानगरपालिका-१५ मा प्रथम सेमलार यु-१६ स्कुल लेभल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका स्तरीय यु-१६ तथा लुम्बिनी प्रदेशस्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सेमलार ब्याडमिन्टन क्लबको आयोजनामा यही फागुनको २३ र २४ गते दुईसम्म प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिता बारे जानकारी गराउन मंगलबार क्लबको कभर्डहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुर्ण प्रकाश थापा विशेषगरी बुवटल भित्रका युवा खेलाडीलाई प्रोत्साहन गर्नेगरी १६ वर्ष मुनिको मेन्स डबलमा प्रतिस्पर्धा गराइने बताए ।

यसैगरी लुम्बिनी प्रदेश स्तरीय खुल्ला मेन्स डबल्स, उमेर समुहमा ३० प्लस मेन्स डबल्स र ४५ प्लस डबल्स गरि चार विधामा प्रतिस्पर्धा हुने अध्यक्ष थापाले जानकारी दिए । १६ वर्ष मुनिको खेलमा भने बुटवल उपमहानगरका खेलाडीले मात्रै सहभागी हुन पाउने क्लबका सचिव ईश्वरी तरामुले जानकारी दिए ।

प्रतियोगितामा १६ वर्ष मुनिको प्रतिस्पर्धामा विजेतालाई २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए । यसैगरी उपविजेतालाई १५ हजार तथा तृतीय यहुने दुई समुहलाई समान ५ हजार रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव तरामुले जानकारी दिए ।

खेल संयोजक चुरन थापाका अनुसार खुल्ला मेन्स डबल्सतर्फको विजेताले नगद ४१ हजार, दोस्रो समुहले नगद २५ हजार र तृतीय दुई समुहले समान ७ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि ३० प्लस र ४५ प्लस मेन्स डबल्समा विजेता, उपविजेता र तृतीय हुने समुहले क्रमशः नगद ३५ हजार, २५ हजार र ७ हजार ५ सय रुपैयासहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा १३ लाख रुपैया खर्च हुने अनुमान रहेको छ। सामाजिक क्षेत्रमा समेत योगदान दिँदै आएको क्लबमा हाल १०५ जना सदस्य रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष शिव रानाले युवाहरुलाई खेलकुदमा प्रोत्साहननै प्रतियोगिताको प्रमुख लक्ष्य रहेको उल्लेख गरे ।

उपमहानगरले नगरको खेलकुद बिकासमा भौतिक संरचनाहरुको निर्माण तथा मर्मतसँगै खेल गतिविधिहरुलाई समेत प्राथमिकता दिँदै आएको उल्लेख गरे । युवाहरुलाई खेलकुदको माध्यमबाट जोड्दै समग्र नगरलाई राष्ट्रियस्तरमा पहिचय स्थापित गर्ने अभियानमा उपमहानगर रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : ४८ बजे

विश्वकप फुटबल : बराबरीमा टुंगियो ब्राजिल र मोरक्कोको खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ को

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ । लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र