१९ बैशाख २०८३, शनिबार | May 2, 2026

राजकुमार र ममताले जिते लुम्बिनी प्रादेशिक अस्पतालको दौड प्रतियोगिता



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले प्राप्त गरेका छन् । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मँगलबार विहान बुटवलको गोगीकुटीदेखि अस्पताल परिसरसम्म भएको दौड प्रतियोगितामा पुरुषतर्फ म्यारामेडिक्स विगागमा कार्यरत बुढा मगर र महिलातर्फ स्ताफनर्स थापाले जित दर्ता गरेकी हुन् ।

यसैगरी पुरुषतर्फको दौड प्रतियोगितामा हिमाल कार्की दोस्रो, दानबादुर बस्नेत तृतीय तथा दुर्गा सार्की चौथो बन्न सफल भए । महिलातर्फ लक्ष्मी रातो बोहोरा दोस्रो, मञ्जु चौधरी तेस्रो तथा लक्ष्मी तामाङ चौथो हुन सफल भइन् ।

दौड प्रतियोगिताको अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई, मेडिकल सुपेरिटेन्डेन डा। ईन्द्र ढकाल, प्रशासकीय प्रमुख राज केसी तथा लेखा शाखा प्रमुख खगेश्वर घिमिरेको उपस्थितीमा समुद्घाटन गरिएको थियो । सधै बिरामीको उपचार र सेवामा समर्पित हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई विभिन्न रचनात्मक खेलकुद गतिविधिले शारिरीक मानसिक स्फुर्ति प्रदान हुने अध्यक्ष श्रेष्ठले बताए ।

सधै अरुको स्वास्थ्यका बारेमा चिन्ता गर्ने स्वास्थ्यकर्मीहरु स्वयम् आफ्नो स्वास्थ्यमा समेत सचेत हुनु पर्ने बताउँदै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। ढकालले खेलको माध्यमबाट सामुहित सहकार्यको भावना समेत बिकास हुने विश्वाष व्यक्त गरे ।

अस्पतालको स्थापना दिवसका अवसरमा सोमबार सरसफाई तथा बिरामीलाई फलफुल वितरण गरिएको थियो । यही फागुन १५ गते मूल समारोहको आयोजना गरी स्थापना दिवस मनाउन लागिएको प्रशासकीय प्रमुख केसीले जानकारी दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले समुद्घाटन गर्ने उक्त कार्यक्रममा अस्पतालको गतिविधि समेटिएको स्मारिका विमोचन तथा अवकास प्राप्त गरेका र सेवारत स्वाथ्यकर्मी तथा कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : ४५ बजे

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने