७ आश्विन २०८३, बुधबार | September 23, 2026

उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्छ : उपराष्ट्रपति



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यसबाट आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्ने उल्लेख गरे । “विभिन्न शिवालय, शिव मन्दिर, महादेव मठलगायत धार्मिकस्थलमा मेलाहरूको आयोजना हुनुले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्दछ, यसले आर्थिक गतिविधि वृद्धि भई मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ”, उनले भनेका छन ।

शिवको आराधना र भक्तिको माध्यमबाट धार्मिक आस्था र विश्वासलाई बलियो बनाउँदै मानिसको मन, वचन र कर्ममा शुद्धीकरण गर्नमा सहयोग गर्ने र समाजमा एकता, सहयोग र सद्भावलाई बढावा दिने यो पर्वलाई आपसी मनोमालिन्यता, मतभेद र द्वेषलाई बिर्सने अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन, “यो पवित्र पर्वले काम, क्रोध, लोभ, मोह र अहङ्कार त्याग्न सबैलाई उत्प्रेरित गर्न सकोस्, नेपाल र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सतधर्म स्थापित गर्दै आध्यात्मिक उन्नतिका लागि सबैलाई अनुकूलित हुने अवसर पनि यो पर्वले प्रदान गरोस् ।”

हिन्दू धर्मावलम्बीमा महाशिवरात्रि पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व रहिआएको छ । यस अवसरमा श्रद्धालुहरू एकत्रित भई सामूहिक रूपमा पूजाअर्चना गर्नु, मेला भर्न जानुले सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि हुन्छ । यो पर्वमा सामूहिक उपवास, शिव उपासना र शिव चर्चालगायत अनुष्ठानले समाजमा सद्भाव र मेलमिलाप कायम राख्न तथा मानिसलाई नैतिकता, सत्य र धर्मको मार्गमा हिँड्न अभिप्रेरित गर्दछ ।

यस पर्वको सांस्कृतिक महत्व पनि छ । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, मौलिक नाचगान आदिको आयोजना गर्ने परम्परा रहिआएको छ । शिवको महिमा र शिवसँग सम्बन्धित प्रसङ्ग प्रस्तुत गरिनेजस्ता सांस्कृतिक कार्यक्रमले धार्मिक परम्परा र संस्कृतिलाई सजीव बनाइराख्न सहयोग पुग्दछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई