१३ भदौ २०८३, शनिबार | August 29, 2026

सकियो शिवरात्रि मेला, ५० हजार बढीले गरे सिद्धबाबा मन्दिरको दर्शन : खबरकुराकर्मी श्रेष्ठ सम्मानित



बुटवल । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर महाशिरात्री पर्व मनाइएको छ । रुपन्देही र पाल्पाको संगममा रहेको पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा बुधबार ५० हजार बढी भक्तजनले दर्शन गरेका छन् ।

विहान ३ बजेदेखिनै मन्दिर परिसरमा भक्तजनको भिड लागेको थियो । महाशिवरात्रिका अवसरमा मन्दिरमा अखण्ड भजनसहित पुजाआजा गरिएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए । रुपन्देही, पाल्पा सहित यस आसपास र भारतबाट आएका दर्शनार्थीहरुले आज सिद्धबाबा परिषरमा रहेको बिराट शिवको पूजा आराधना गरेको अध्यक्ष शेरचनले बताए ।

दर्शनार्थीहरुको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, १५० बढी स्वंयसेवक र १८ वटा सिसी क्यामेराले निगरानी गरिएको बताउँदै उनले पुजाआजाका सबै कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गरे ।

भक्तजनलाई सहजताका लागि सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको व्यवस्था गरिएको थियो ।

व्यवस्थित रुपमा पूजाआजा सहित महाशिवरात्रि मेला सम्पन्न भएको मन्दिर समितिका प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेले जानकारी दिए । मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र ७ वटा सशुल्क बसको व्यवस्था गरिएको थियो । यातायातको ब्यवस्थाबाट भक्तजनलाई सहज भएको शिवरात्रि मेला संयोजक तोया लम्सालले बताए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरी शिवरात्री मनाएको छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाई छ ।

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।

पत्रकार श्रेष्ठ सम्मानित
यसैबीच सिद्धबाबा मन्दिरको प्रचार, प्रसार तथा बिकासमा सञ्चार क्षेत्रबाट योगदान गरेको भन्दै खबरकुराका सम्पादक पत्रकार दिनेश कुमार श्रेष्ठलाई मन्दिर बिकास समितिले नगद राशीसहित सम्मान गरेको छ । मन्दिर बिकास समितिले हरेक वर्ष सञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको छ । करिव डेढ दशकदेखि पत्रकारितमा आवद्ध रहेका श्रेष्ठ खबरकुरा डटकमका सम्पादक हुन् ।

शिवरात्री मेलाको अवसरमा विभिन्न दाता तथा मन्दिर बिकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : ५५ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण