२९ चैत्र २०८२, आइतबार | April 12, 2026

सकियो प्रयागराजको महाकुम्भ मेला, ६४ करोड मानिसले गरे स्नान



काठमाडौं । महाशिवरात्रिको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ । विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन् ।

यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला हो । मेला भर्न आएका साधुसन्त, नागा साधु, विदेशी नागरिक र सेलिब्रिटीहरु भारतीय र विदेशी समाचारमाध्यमको आकर्षण बनेका थिए ।

महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए । यो त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भइ पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रही आएको छ । महाकुम्भ हिन्दु संस्कृति, अध्यात्म र आस्थाको प्रतिक हो ।

महाकुम्भलाई व्यवस्थित गर्न नदीको तटीय क्षेत्रको चार हजार हेक्टर खुला भूमीमा डेढ लाख टेन्टको स्थापना गरी एक अस्थायी शहरका रुपमा परिणत गरिएको थियो । गत जनवरी १३ देखि शुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा सकिएको हो । यो ४५ दिनको अवधिमा पौष पूर्णिमा, मकर संक्रान्ति, मौनी अमावस्या, बसन्त पञ्चमी, माघि पूर्णिमा र महाशिवरात्रीमा गरी ६ वटा विशेष वा अमृत स्नान भएका थिए ।

यति विशाल र अभूतपूर्व मानव भेलालाई व्यवस्थित गर्न उत्तर प्रदेश सरकारका लागि ठुलो चुनौतिका रुपमा रहेको थियो । मौनी अमावस्याको अमृत स्नानको अघिल्लो रात भागदौड मच्चिँदा जनवरी २९ मा कम्तिमा ३० जनाले ज्यान गुमाए भने अन्य ६० जना घाइते भएका थिए ।

यस्तै महाकुम्भ मेला भर्न जानका लागि प्रयागराज जाने विशेष रेल चढ्ने क्रममा भएको धकेला–धकेलमा दिल्ली रेलवे स्टेशनमा फेब्रुअरी १५ मा कम्तिमा १८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ६ : ५३ बजे

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ