६ आश्विन २०८३, मंगलबार | September 22, 2026

भारतमा जारी कुम्भमेलामा भागदौड मच्चिँदा कैयौं तीर्थयात्री हताहत



काठमाडौं । भारतको प्रयागराज जारी महाकुम्भको अवसरमा सङ्गममा ूभागदौड हुँदा कैयौ मानिसको ज्यान गएको छ ।

माघी अमावस्याको अवसरमा पवित्र स्नान गर्न ठूलो संख्यामा सहभागी तीर्थयात्रीहरूबीभ भागदौड मच्चिएको थियो । कम्तिमा १० जनाको ज्यान गएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

मेलाका विशेष जिम्मेवारी प्राप्त अधिकारी आकांक्षा राणाले भनिने, ‘संगममा राखिएको एउटा ब्यारिकेड भाँचिएपछि केही व्यक्तिहरू घाइते भएका छन् र अस्पताल भर्ना गरिएको छ। घाइतेहरूको सही सङ्ख्या भने अझै निर्धारण गर्न बाँकी छ।’

घटना थाहा भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । उनले घाइतेहरुको तत्काल उद्दार र शीघ्र उपचाको बन्दोवस्तका लागि सरकारसँग माग गरेका छन् ।

माघी अमावस्याको अमृत स्नान महाकुम्भको सबैभन्दा महत्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ, जसमा करिब १० करोड तीर्थयात्रीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ०४ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै