५ चैत्र २०८१, मंगलबार | March 18, 2025

महाकुम्भमा भयानक दुर्घटना, १० जनाको मृत्यु, १९ घाइते



प्रयागराज । उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

बोलेरो र बसबीच भीषण ठक्कर भएको छ, जसमा अहिलेसम्म १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

बस र बोलेरोमा सवार सबै मध्यप्रदेश र छत्तीसगढका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा आएको छ । अहिले घाइतेहरुलाई अस्पताल लगिएको छ ।

जानकारी अनुसार मेजाको प्रयागराज–मिर्जापुर राजमार्गमा शुक्रबार राति यो घटना भएको हो । यहाँ भक्तजन बोकेको बोलेरो र बोलेरो बस एक आपसमा ठोक्किँदा बोलेरोमा सवार १० भक्तजनको घटनास्थलमै ज्यान गएको हो । ती सबै छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा रहेको र संगम स्नान गर्न जाँदै गरेको बताइएको छ ।

अर्कोतर्फ बसमा सवार १९ जना पनि दुर्घटनामा घाइते भएका छन् । यी मानिसहरू संगममा स्नान गरेर वाराणसी फर्किरहेका थिए। घाइते सबैलाई सीएचसी रामनगरमा भर्ना गरिएको बताइएको छ । बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन् । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ९ : १५ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी