५ चैत्र २०८१, मंगलबार | March 18, 2025

जिमेलको टू स्टेप भेरिफिकेसन अब क्यूआरबाट



काठमाडौँ । अब जिमेल लगइनमा दुई-चरणको प्रमाणिकरण (टू स्टेप भेरिफिकेसन) क्यूआर कोड मार्फत हुने भएको छ । गुगलले ६ अंकको एसएमएसको सट्टा क्यूआर कोड स्क्यान गरेर प्रमाणीकरणको विकल्प ल्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । जीमेल मार्फत हुने साइबर ठगी रोक्न गुगलले यो निर्णय गरेको हो ।

साइबर ठगी र नक्कली खाताहरू सिर्जना हुनबाट रोक्नको लागि, गुगलले दुई–चरण प्रमाणीकरणको विकल्प सुरु गरेको थियो, जसमा मोबाइल नम्बरमा ६ अङ्कको कोड एसएमएस मार्फत मोबाइलमा आउँछ र त्यस मार्फत प्रमाणीकरण गरिन्छ । तर साइबर अपराधीहरूले यसमार्फत फोन ह्याकिङ, सिम स्वापिङ र फिसिङ जस्ता घोटाला पनि गरिरहेपछि नयाँ विकल्पको रुपमा क्यूआर कोडको प्रयोग गर्न लागिएको हो ।

गुगलको यो निर्णयको पछाडि ट्राफिक पम्पिङ वा टोल ठगी पनि कारण हो । यस ठगीमा, साइबर अपराधीहरूले मानिसहरूको टेलिफोन वा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल प्रणालीहरू प्रयोग गर्छन् र उनीहरूलाई अनावश्यक र अवैध टोल शुल्क वा अन्य शुल्क तिर्न बाध्य पार्छन्। यसमा अपराधीहरूले हरेक सन्देशको लागि पैसा पाउँछन् ।

जीमेलका प्रवक्ता रस रिचेन्डरफरले एसएमएस कोडहरूले प्रयोगकर्ताहरूका लागि जोखिम निम्त्याउने बताए । कम्पनीले सुरक्षालाई अझ सुदृढ पार्न र ह्याकर आक्रमणहरू रोक्न र कम गर्न काम गरिरहेको बताएको छ । क्यूआर प्रमाणीकरण मार्फत जीमेल खाताहरू पहिलेभन्दा बढी सुरक्षित हुने कम्पनिको दाबि छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ९ : ०७ बजे

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी

नेप्से परिसूचकमा निरन्तर गिरावट

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल

प्रहरी महानिरीक्षकद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हालेका

परराष्ट्रमन्त्रीद्वारा युक्रेनी समकक्षी वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री