१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ग्याल्पो ल्होसार पर्वले सांस्कृतिक सद्भाव मजबुत बनाउन भूमिका खेल्नेछ : अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ग्याल्पो ल्होसार पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।

हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको विशेष पर्व ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै नेपालको हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएका शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गरेका छन ।

शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व हो । यस पर्वमा मौलिक परिकार खाने, परम्परागत संस्कृतिमा आधारित पूजाआजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने र आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहिआएको छ ।

नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको अध्यक्ष दाहालले उल्लेख गरेका छन । उनले भनेका छन, “यस प्रकारका पर्वले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, वेशभूषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएका छन् ।”

उनले यो पर्वले आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गरेका छन ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ४४ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र