३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौं महानगरमा शैक्षिक मेला



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि ‘शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।

कामपाले यही फागुन १६ र १७ गते प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र सङ्घसंस्थासँग सहकार्य हुने बताउँदै उनले विद्यालय शिक्षाको नवप्रवर्तन स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको उनको भनाइ थियो ।

कामपाको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले शैक्षिकसत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यावहारिक र प्रयोगात्मक कक्षाहरूको नतिजा हेर्न थालिएको जानकारी दिए । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रूचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको छ ।

निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकासलगायत कार्यक्रमको विम्ब मेलामा समेटिने छन् ।

प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने छन् । ‘बुक फ्री फ्राइडे’अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्पmत रूचि र नतिजा प्रदर्शन गर्ने छन् । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मेलामा सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा रू ३० उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई रू ३० नै उपलब्ध गराइने छ । यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, वेशभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिनेछ ।

विद्यार्थी नमूना संसद् अभ्यास मेलाको महत्त्वपूर्ण आकर्षण हो । विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, ‘बुक फ्री फ्राइडे’को बाबा उपसमूहअन्तर्गत मरूहिटी पानीको गुण जाँच प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका अभ्यास मेलामा अवलोकन गर्न पाइने छ ।

कामपामा ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ विद्यार्थी र पाँच सय २४ वटा संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ गरी दुई लाख ७२ हजार दुई ६३ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : २६ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६