१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

फागुन १९ गतेदेखि सुरु हुन लागेको प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ को सबै तयारी पूरा



बुटवल । फागुन १९ गतेदेखि रुपन्देहीको सैनामैना-४ मुर्गियामा आयोजना हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ को तयारी पूरा भएको छ । मुर्गिया फुबटवल क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० समुहको सहभागिता रहने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

प्रतियोगिता बारे जानकारी गराउन शनिबार क्लबको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रविन भारीले स्तनीय खेलाडीको उत्पादन तथा राष्ट्रिय खेलाडीहरुलाई सहभागी गराउने उद्देश्यसहित पहिलो पटक गोल्ड कपको आयोजना गर्न लागिएको जानकारी गराए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)सँग आधिकारिक अनुमति प्राप्त गरी सोही नियमानुसार प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी गराए । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल स्पोन्सर रहेको प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशीसहित गोल्पक कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । यसैगरी उपविजेता समुहले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समुहलाई समान ८० हजार रुपैयाँ नगद राशी प्रादन गरिने अध्यक्ष भारीले जानकारी दिए ।

यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीलाई सान १५ हजार रुपैयाँ नगद राशीले सम्मान गरिने भएको छ । यसैगरी प्रत्येक खेलमा म्याद अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार राशी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक सहित विभागीय टोलीहरु नेपाल पुसिल र एपीएफ, भारतको सिक्किमको डिजोंग्री क्लब, महाविर क्लब काठमाडौं, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु-११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देही सहभागी हुँदै छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज बीच हुने भएको छ ।

सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा संरक्षकत्वमा हुने प्रतियोगिता सञ्चालनका लागि एन्फाकै रेफ्री तथा अपिसयलहरु मार्फत खेलहरु सञ्चालन हुने भएका छन् । बढीमा ५ जना विदेशी खेलाडी समेत सहभागी गराउन पाइने प्रतियोगितामा खेलाडीहरुका लागि १ लासम्मको दुर्घटना बीमा समेत गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ६० लाख रकम खर्च अनुमान गरिएको छ । प्रतियोगितामा दर्शकका लागि सिजनल पास (सबै प्रतियोगिता हेर्न मिल्ने) एक हजार रुपैयाँ र साधारणतर्फ १ सयदेखि २ सय सम्म निर्धारण गरिएको छ । यसैगरी वृद्ध, अशक्तहरुलाई निशुल्क प्रवेशको व्यवस्था तथा विद्यार्थीका लागि टिकट दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

विगत वर्षहरुमा नगरस्तीय प्रतियोगिता गर्दै आएको मुर्गिया फुटबल क्लबले यस सिजनमा रुपन्देहीमा हुने तिलोत्तमा गोल्डकप पछिकै सर्वाधिक राशीको गोल्ड कपको रुपमा विकास गर्नेगरी यो प्रतियोगिता गर्न लागिएको अध्यक्ष भारीले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ५ : २८ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा