७ बैशाख २०८३, सोमबार | April 20, 2026

सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनल खेल : आयोजक र चर्च ब्वाईज भिड्दै



बुटवल । सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेल आयोजक र अभिषेक चर्च नवलपुर रजहरबीच हुँदै छ ।

यसअघि शनिबार भएको अन्तिम क्वार्टफाईनल खेलमा कपिलवस्तु सेमीफाईनलमा प्रवेश गरेको थियो । अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लवलाई ३-० को अन्तरले पराजित गर्दै कपिलवस्तु-११ सेमीफाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ०४ बजे

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम

अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा, उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो