५ चैत्र २०८१, मंगलबार | March 18, 2025

सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ ले चुम्यो



सैनामैना । प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कपिलवस्तु ११ ले चुमेको छ । सैनामैनाको मुर्गिया फुटबल क्लबको आयोजनामा बुधबार सैनामैनाको मुर्गियास्थित रंगशालामा भएको फाईनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १-० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिजेता बनेको हो ।

पहिलो हाफ बराबरी खेलेका दुबै टिम खेलको दोश्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का जर्सी नम्बर १० का खेलाडी मोहम्मदले डि बक्समा पाएको उत्कृष्ट अवसरलाई गोलमा परिणत गरेसँगै कपिलवस्तु ११ उपाधि विजेता बन्न सफल भएको हो । म्याचमा दुबै टोलीले विदेशी खेलाडी मैदान उतारेका थिए । १० दिनसम्म चलेको उक्त खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उपाधी बिजेता कपिलवस्तु ११ ले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगिता समापनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता रहेको थियो । उनले खेल समापन समारोहलाई सम्बोधन गर्दै खेल प्रतियोगिता आयोजना गरेर मुर्गिया फुटबल क्लबले खेल क्षेत्रको विकासमा ठूलो योगदान गरेको बताए । उनले सैनामैना ७ मा बन्दै गरेको गौतमबुद्ध स्टेडियम निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ७ : २७ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी