२० मंसिर २०८२, शनिबार | December 6, 2025

रिङ्कु सदा घटनामा सङ्लग्नलाई कानुन बमोजिम कडा कारबाही हुन्छ : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्युको घटनामा सङ्लग्नलाई कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै उनले भने, “रिङ्कु सदाको घटनामा जति पनि मानिस सङ्लग्न छन्, अपराधमा सङ्लग्न भएका मानिसलाई सक्रियताका साथ खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुन बमोजिम कडा कारबाही गर्नेमा पुनः प्रतिबद्धता व्यक्त गर्दछु ।”
गत माघ ३० गते सिरहाको नवरापुर गाउँपालिका–१ बस्ने रिङकुकुमारी सदा आफ्नै घरमा झण्डिई मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा सोही वडामा बस्ने अन्दाजी वर्ष १९ को टिङ्कु भन्ने रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दरखास्त दिएकामा निजको नाममा पक्राउ पूर्जी जारी थियो,” उनले भने ।
मन्त्री लेखकले यही फागुन ८ गते मृतकको आमाको तर्फबाट आठ जनाको विरुद्धमा अपहरण गरी आफ्नो नियन्त्रणमा राखी सामूहिक तबरबाट जबरजस्तीकरणी गरी हत्या गरेको र पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्रसमेत गर्न खोजेको अन्तर्गतको कसुर शीर्षक उल्लेख गरी पूरक जाहेरी प्राप्त भएको पनि जानकारी दिए ।
पञ्चायतीमा सङ्लग्न तीन जनालाई पक्राउ गरी कानुन बमोजिमको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उनले पूरक जाहेरी दरखास्तमा उल्लेख भएका आठजनाको नाममा पक्राउ पुर्जी जारी भएको संसद्लाई जानकारी गराए। सो घटनाको समबन्धमा पीडकलाई पक्राउ गरी छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले सक्रियतापूर्वक खोजतलास गरिरहेको उनको भनाइ छ ।
मन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्र रामको अन्तरजातीय विवाह सम्बन्धमा उठेका प्रशनको जवाफ दिँदै सो घटनाको मुद्दामा राज्य पक्षबाट कुनैपनि हस्तक्षेप नभएको बताए । “मुलुकी अपराधसंहिता २०७४ को कानुनी व्यवस्था अनुरुप भएको अनुसन्धान र कारबाहीको विषयमा नेपाल प्रहरीले सार्वजनिकरुपमा जानकारी गराइसकेको छ, यस मुद्दामा राज्य पक्षबाट हस्तक्षेप भएको छैन । नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने ।
अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर र अत्यन्तै संवेदनशील रहेको जनाउँदै उनले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेद्भावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील उल्लेख गरे ।
“म अत्यन्तै  संवेदनशील छु । म कुनैपनि प्रकारको जातीय विभेद् र छुवाछुतको विरुद्धमा सधैँ रहनेछु र रहेको छु, म आबद्ध पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद् र छुवाछुतविरुद्ध रहेको पार्टी हो, म अहिले र जीवनभर प्रतिबद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु”, उनले भने ।
मन्त्री लेखकले आफू वैयक्तिक स्वतन्त्रता र मानव अधिकार रक्षाका लागि विद्यार्थीकालदेखि लड्दै आएको उल्लेख गरे। उनले भने, “अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शको अवमूल्यन हो भन्ने मैले ठानेको छु ।”
यसै घटनालाई लिएर संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका पदाधिकारीसँग भएको भेटमा आफूले दलितमाथि हुने विभिन्न प्रकारका भेद्भाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्ने प्रतिबद्धता अनुसार कार्य पनि अगाडि बढाएको जानकारी दिए । उनले भने, “सो अनुसार डेस्क स्थापना भएको छ र ७७ जिल्लामा स्थापना भएका डेस्कलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने व्यवस्थासमेत मिलाइएको छ, यसबाट सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेद्भाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुग्न जानेछ ।”

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ४ : १४ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास