१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ आजदेखि मुर्गियामा सुरु



बुटवल । आजदेखि रुपन्देहीको सैनामैनामा प्रथम “सुनगाभा सैनामैना गोल्डकप-२०८१” सुरु हुने भएको छ । सैनामैना फुटबल क्लबको आयोजनामा सैनामैना-४ मुर्गियामा रहेको रंगशालामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र गोर्खा ब्वाईज क्लब बीच प्रतिस्पर्धा हुने धएको हो ।

प्रतियोगिता दिउँसो १ बजेदेखि सुरु हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए । प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० समुहको सहभागिता रहेको संयोजक खड्काले जानकारी दिए । स्तनीय खेलाडीको उत्पादन तथा राष्ट्रिय खेलाडीहरुलाई सहभागी गराउने उद्देश्यसहित सैनामैनामा पहिलो पटक गोल्ड कपको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष प्रविन भारीले बताए । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग आधिकारिक अनुमति प्राप्त गरी सोही नियमानुसार प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल स्पोन्सर रहेको प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । यसैगरी उपविजेता समुहले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समुहलाई समान ८० हजार रुपैयाँ नगद राशी प्रादन गरिने अध्यक्ष भारीले जानकारी दिए ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीलाई समान १५ हजार रुपैयाँ नगद राशीले सम्मान गरिने भएको छ । यसैगरी प्रत्येक खेलमा म्याद अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार राशी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक सहित विभागीय टोलीहरु नेपाल पुसिल र एपीएफ, भारतको सिक्किमको डिजोंग्री क्लब, महाविर क्लब काठमाडौं, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु-११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देही सहभागी छन् ।

सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा संरक्षकत्वमा हुने प्रतियोगिता सञ्चालनका लागि एन्फाकै प्राविधिकहरुबाट खेलहरु सञ्चालन हुने भएका छन् । बढीमा ५ जना विदेशी खेलाडी समेत सहभागी गराउन पाइने प्रतियोगितामा खेलाडीहरुका लागि १ लासम्मको दुर्घटना बीमा समेत गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ६० लाख रकम खर्च अनुमान गरिएको छ । प्रतियोगितामा दर्शकका लागि सिजनल पास (सबै प्रतियोगिता हेर्न मिल्ने)का लागि एक हजार रुपैयाँ र साधारणतर्फ १ सयदेखि २ सय सम्म निर्धारण गरिएको छ । यसैगरी वृद्ध, अशक्तहरुलाई निःशुल्क प्रवेशको व्यवस्था तथा विद्यार्थीका लागि टिकट दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

विगत वर्षहरुमा नगरस्तरीय प्रतियोगिता गर्दै आएको मुर्गिया फुटबल क्लबले यस सिजनमा रुपन्देहीमा हुने तिलोत्तमा गोल्डकप पछिकै सर्वाधिक राशीको गोल्डकपको रुपमा विकास गर्नेगरी यो प्रतियोगिता गर्न लागिएको अध्यक्ष भारीले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ३७ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा