५ चैत्र २०८२, बिहिबार | March 19, 2026

केही समयपछि आफ्नो नेतृत्वमा सरकार बन्छ त्यसैले वर्तमान सरकारलाई जोगाउनुपर्छ : देउवा



भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जोगाएर लैजानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले सरकरालाई सफल बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । देउवाले ओली नेतृत्वको सरकार पछि आफ्नो नेतृत्वमा सरकार बन्ने भएकाले एकतावद्ध बन्नु आवश्यक रहेको जिकिर गरेका हुन् ।

‘हामी एकताबद्ध भई अघि बढ्नुपर्छ। त्यसो भएका खण्डमा भोलि हाम्रो सरकार बनेका खण्डमा उहाँहरूको पनि पूरा भरोसा रहनेछ,’ देउवाले भने।

देउवाले पार्टीभित्र देखा परेका मतभेदलाई अन्त्य गरेर धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको स्वीकार गर्दै धेरै सिट जित्नुपर्ने धारणा राखेका हुन् । उनले भने ‘बहुमत ल्याउन नसकेता पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : २२ बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे