२७ श्रावण २०८३, बुधबार | August 12, 2026

नेपालगन्जमा राजावादीहरुको र्याली



नेपालगन्ज । नेपालगन्जमा राजबादी संस्थाहरुले संयुक्तरुपमा ¥याली निकालेका छन् । हिन्दु राष्ट्र र राजसंस्थावादी दल, संघ संस्थाको आव्हानमा नेपालगन्जमा मोटरसाइकल ¥याली निकालेका हुन् ।

नेपालगन्जको रामलिला मैदानबाट शुरु भएको ¥यालीले नेपालगन्ज नगर परिक्रमा गरेको थियो । ‘हाम्रो राजा आउँदैछन्न् रायणहिटी खाली गर, राजा आउ, देश बचाउ, हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा–जनता एक होऔं’लगायतका नारा लगाउदै ¥यालीले नगर परिक्रमा पछि त्रिभुवनचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपाका महामन्त्री एवं आन्दोलन परिचालन किमिटिका संयोजक डा. धवलशमशेर राणाले फाल्गुनभित्र देशका ठूला शहरमा प्रदर्शन गर्ने र चैत्रमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने जानकारी दिए । उनले चैत्रमा हुने आन्दोलनमा राजावादी, हिन्दुवादी दल, संघ संस्था सबैलाई एक ठाउँमा उभिन आव्हान गरे । उनले चेत्रमा काठमाडौंमा गरिने आन्दोलन जनआन्दोलन–३ बन्ने पनि दाबी गरे।

कार्यक्रममा राप्रपाका नेताहरु रविन्द्र मिश्र, दिपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, सलाउद्दिन जसगढ, राप्रपा नेपालका हिक्मत ढकाललगायतका नेताहरुले देशका लागि हिन्दु राष्ट्र र राजसंस्था अपरिहार्य भएकाले सबै एकजुट हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ८ : ५२ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र