सैनामैना । सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले बिजयी सुरुवात गरेको छ ।
रुपन्देहीको सैनामैनामा-४ मुर्गियामा मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपको उद्घाटन खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले हराउँदै आयोजक मुर्गिया एफसीले विजयी सुरुवात गरेको हो ।
मुर्गिया फुटबल क्लबलाई जिताउन खेलको दोस्रो हाफको १९ औँ मिनेटमा रोशन पहाडीले गोल गरेका थिए । निकै कडा प्रतिस्पर्धा भएको खेलमा विपक्षी टिम गोर्खा ब्वाइजले निर्धारित समयमा कुनै पनि गाेल गर्न नसक्दा मुर्गिया एफसीका रोशनले गरेको १ गोल निर्णायक बन्दा आयोजक बिजयी बनेको हो ।
मुर्गिया फुटबल क्लबका रोशन पहाडी खेलको म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे ।
दोस्रो खेल भोलि नेपाल पुलिस र फर्साटिकर युथ क्लबबिच दिउँसो ३ बजे खेल हुने टिम सयोजक श्री दर्लामिले बताए ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०/४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ ।
स्थानीय स्तरमा फुटबल खेल र खेलाडीको विकास गरि सैनामैनालाई खेलको माध्यमबाट राष्ट्रिय स्तरमा परिचीत गराउने उदेश्यले सैनामैना गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक अशोक खड्काले बताए ।
साबिक मुर्गिया फुटबल खेलबाट यसक्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको इतिहास छ र पछिल्लो समय सुस्ताएको खेललाई पुन: चालयमान बनाउन राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता संचालन गरिएको बताए ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडी र खेलपूर्वधारको विकासमा नगरपालिका लागि परेको बताए । नगरपालिकाले हरेक वर्ष राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि ठुलो बजेट विनियोजन गरि विद्यालय स्तरबाट प्रतिभावन खेलाडी उत्पादनमा लगानी गर्दै आएको बताए ।
राष्ट्रियस्तरका ठुला खेल प्रतियोगिता संचालन गर्नाले सैनामैनाको महत्व झनै बढ्ने बताए । उनले यस खालका प्रतियोगिताले खेलाडी उत्पादन र खेलाडी लाई प्रोत्साहन गर्नुका साथै नगरपालिकाको पहिचानलाई राष्ट्रियस्तरमा पुर्याउन कोषे ढुंगा सबित हुने भन्दै रंगशालालाई व्यवस्थित र खेलाडी उत्पादनमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।
सैनामैना नगरपालिका पुर्वनगर प्रमुख चित्र बहादुर कार्कीले स्थानीय स्तरका खेलाडी उत्पादनलाई मुख्य प्राथमिकता तथा खेलाडीलाई प्रोत्साहन दिने खालका खेल प्रतियोगिता आयोजना गर्नुपर्ने जोड दिए ।
सैनामैना नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष रामप्रसाद अधिकारीले नगरपालिका विगतदेखि नै खेलकुद विकासमा प्रतिबद्ध रहेको बताए ।
अखिल नेपाल फुटबल संघ रुपन्देही अध्यक्ष लोक पुनले रुपन्देही क्षेत्र खेल उर्वर भुमिको रुपमा अगाडि रहेको बताए । जिल्लाका विभिन्न पालिकामा आयोजना हुने यस प्रकारको खेलले खेलाडी उत्पादन र खेल क्षमतामा मदत पुग्ने विश्वास गर्दै एन्फाले खेल विकासमा लागेको बताए ।
मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रविन भारीको स्वागत तथा प्रचारप्रसार संयोजक कृष्ण भण्डारीको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे ।


















प्रतिक्रिया