१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

सुनगाभा सैनामैना गोल्डकप : आज नेपाल पुलिस र फर्साटिकर एफसी भिड्दै



बुटवल । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा विभागीय टोली नेपाल पुलिस र फर्साटिकर फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदै छ । सैनामैना-४ स्थित सैनमैना फुटबल रंगशाला मुर्गिमा दिउँसो २ बजेदेखि खेल हुनेछ ।

स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको उद्घाटन खेलमा आयोजकले गोर्खा ब्वाईज एफसीलाई पराजित गर्दै अघिल्लो चरण्मा प्रवेश गरेको छ । उसले १-० गोल अन्तरले गोर्खा ब्वाईजलाई पराजित गरेको थियो । सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले नगद ७ लाख पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्रापत गर्नेछ । यसैगरी उपविजेताले नगदर ४ लाख तथा अन्तिम चारमा पुग्ने अन्य २ समुहले समान ८० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतयोगितामा दुई विभागीय, एक भारतीय र आयोजकसहित १० टिमको सहभागिता रहेको खेल संयोजक अशोक खड्काले जानकारी दिए । प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोल कर्ता तथा उदयीमान खेलाडीले समान १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : २७ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा