२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

अमेरिकाले फर्काइदिएका नेपाली ‘सोधपुछ’का लागि प्रहरी जिम्मामा



काठमाडौं । आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्मामा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाएको हो ।

आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट आज बिहान काठमाडौं फर्काइएका थिए । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडौं आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे । यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । “हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई पठायौँ”, अधिकृत अर्यालले भने, “चार्टट विमानबाट आउनुभएका आठ जनाका सम्बन्धमा नेपाल प्रहरीलाई जिम्मा लगाएका छौं ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १२ : ४१ बजे

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

ग्यास सिलिण्डर अनावश्यक भण्डारण नगर्न चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने

के तपाईको इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाडौं । तत्काल ऊर्जा र सतर्कता बढाउने दाबी गरिएका इनर्जी

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा