११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

पत्रकारको पास निलम्वन गरेकाप्रति महासङ्घको ध्यानाकर्षण



काठमाडौँ । प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्वन गरेकामा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भएको जनाउँदै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्वन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न सङ्घीय संसद्समक्ष आग्रहसमेत गरेको छ ।

यही फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको भन्दै सङ्घीय संसद् सचिवालयले उनीहरूको पास निलम्वन गरेको महासङ्घले जनाएको छ । साथै, महासङ्घले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : १८ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम