१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

अर्काको नागरिकतामा तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई पक्राउ



राजविराज । अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा राजविराजबाट दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–१२ घर भई हाल वडा नं ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले विसं २०८० असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको बताए। नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैङ्कमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि पक्राउ गरिएको उनले जानकारी दिए।

दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ०१ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि