२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

पछिल्लाे २ वर्षमा नवलपुरका ४९ जनाले त्यागे नेपाली नागरिकता



नवलपुर । रोजगारी, उच्च शिक्षा तथा स्थायी बसोबासका लागि विदेश पुगेका नवलपुरका ४९ जनाले पछिल्लो दुई वर्षमा नेपाली नागरिकता परित्याग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार ती व्यक्तिहरूले विदेशी नागरिकता लिने प्रक्रियाका लागि नेपाली नागरिकता त्यागेका हुन्।

जिल्ला प्रशासन कार्यलयका सुचना अधिकारी माधब प्रसाद शर्माका अनुशार पछिल्लो दुई वर्षको अवधिमा गैंडाकोट नगरपालिकाबाट १६ जना, देवचुलीबाट १४ जना, कावासोतीबाट ११ जना, मध्यविन्दुबाट ३ जना, विनयी त्रिवेणीबाट २ जना, हुप्सेकोटबाट २ जना र बुलिङटारबाट १ जना गरि ४९ जनाले नेपाली नागरिकता परित्याग गरेकाे बताए।

धेरैजसो नागरिकहरू अमेरिकी डिभी चिट्ठा परेपछि वा वैदेशिक रोजगारीका क्रममा अन्य मुलुकमा स्थायी बसोबासका लागि नेपाली नागरिकता त्याग्ने गरेका छन्। विशेषगरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, इजरायल , बेलायत , हङकङ  र युरोपियन मुलुकहरूमा स्थायी बसोबासका लागि नेपालीहरूले नागरिकता परित्याग गरेको शर्माले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार नेपालको संविधान र नागरिकता ऐनअनुसार कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिनुअघि अनिवार्य रूपमा नेपाली नागरिकता परित्याग गर्नुपर्ने व्यवस्था छ। नागरिकता परित्याग गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ। आवश्यक कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता प्राप्त गर्ने आधिकारिक कागजात, नागरिकता परित्यागको कारण खुलाउने निवेदन पत्र, र प्रशासन कार्यालयद्वारा तोकिएका अन्य आवश्यक दस्तावेजहरू समावेश गरिनुपर्छ। निवेदन स्वीकृत भएपछि मात्रै  नागरिकता प्रमाणपत्र रेकर्डमा नष्ट गरिन्छ र त्यसको औपचारिक सूचना गृह मन्त्रालयमा पठाउने गरिएकाे पाेख्रेल बताए ।

नवलपुरबाट पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारी तथा आप्रवासनको प्रवृत्ति बढ्दै गएको छ। उच्च शिक्षा, रोजगारी, व्यवसाय वा परिवार पुनर्मिलनका कारणले धेरै नेपालीहरू विदेशतर्फ आकर्षित भइरहेका छन्। विशेष गरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, इजरायल, र युरोपेली देशहरूले उच्च दक्ष जनशक्ति तथा आप्रवासीहरूलाई आकर्षित गर्ने नीति अवलम्बन गरेकाले नवलपुरबाट नेपाली युवा पुस्ता स्थाई बसाेबासकाे लागि नेपाली नागरीकता परित्याग गर्दै आईरहेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : १२ बजे

Your email address will not be published.

जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत शुक्रबार

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका लागि नियुक्त भएका चार जना न्यायाधीशले

भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु, शवको पर्खाइमा आफन्त

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं । काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतलाई एग्रिमो, नियुक्तिको बाटो खुल्यो

काठमाडौँ । भारत, चीन र इजरायलका लागि नेपाल सरकारले प्रस्ताव