२० मंसिर २०८२, शनिबार | December 7, 2025

आयोजक मुर्गिया प्रथम सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश



सैनामैना । सैनामैनामा जारी फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटवल क्लब सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लवबिच भएको खेलमा १-० गोल अन्तरले जित निकाल्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा मुर्गियाका जर्सी नं.८ का एरोन थापाले ८६ औँ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो । घरेलु मैदानमा उत्रिएको मुर्गियाले डिजोङ्गीलाई दोस्रो हाफको अतिरिक्त सयममा गोलविहीन बनाउन सफल रह्यो । खेलको पहिलो हाफमा भने दुवै टिमले बारम्बार गोल गर्न प्रयास गरेपनि गोल गर्न भने सकेनन् । सैनामैनाको फुटबल रंगशालामा भइरहेको खेलमा आज मुुर्गिया फुटबल क्लवका एरोन थापा म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी पाए ।

फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबार कपिलवस्तु ११ कपिवलस्तु र फर्साटिकर फुटबल क्लवबिच दिउसो ३ बजे प्रतिस्पर्धा हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना-४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०-४० हजार प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गते हुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ५७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल