५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाली चलचित्र द्रौपदीको प्रचार प्रसारका लागि निर्माण पक्ष देश दौडाहामा



बुटवल । आउदो चैत ८ गतेदेखि प्रदर्शनमा आउन थालेको नेपाली चलचित्र द्रौपदीको प्रचार प्रसारका लागि निर्माण पक्ष देश दौडाहामा निस्किएको छ । नेपाली ग्रामिण भेग डोल्पाको परिभेषलाई देखाउन खोजिएको चलचित्रले समसामयिक विषयवस्तुलाई समेटेको निर्माण पक्षको दावी छ ।

शुक्रबार टेलर सार्वजनिक भएको चलचित्र द्रोपदी एक नेपाली ग्रामिण बस्तीको कथा भएको र ग्रामिण समुदायले भोग्नु परेका अफ्ठाराहरुलाई चित्रण गरेको बताइएको छ । चैत ८ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको द्रौपदीको निर्माण टिम प्रचार प्रसारमा शुक्रबार बुटवलमा आएको हो । ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरूमा छायांकन भएको चलचित्रका निर्देशक तथा कलाकार प्रकाश ज्ञवालीले जानकारी दिए । बहुप्रतिक्षित चार वर्ष लगाएर बनाएको कन्टेनमा फिल्म निर्माण भएको ज्ञवालीको भनाइ छ ।

‘चलचित्रको नाम द्रौपद्री नाम धार्मिक सुनिए पनि यो महाभारतको पात्र नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको कथा हो ।, उनले भने- यसमा हाम्रो कथासँगै हाम्रै रमणीय र पर्यटकीयस्थललाई देख्न पाउनुहुनेछ ।’ चलचित्रले नेपालीपन भएको आभास गराउने ‘द्रौपदी’ एक पृथक र नयाँ रहेको बताए । महिला संबेदनामा बनेको देखिने चलचित्रले एक अर्गानिक अनि गम्भीर बिषय उठाएको संकेत गरेको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी सामाजिक कथामा निर्माण भएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ । फिल्मका सबै नयाँ कलाकार हुन् । आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत, अनिल महर्जनले सम्भायन र मोहनकुमार झिल्लुले छायाकंन गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : १८ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको