सैनामैना । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा आज शनिबार फर्साटिकर युथ फुटबल क्लब र कपिलवस्तु-११ भिड्दै छन् । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना-४ स्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने खेलसँगै सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टिमको टुङ्गो लाग्नेछ ।
शुक्रबार सम्पन्न खेलमा जित दर्ता गर्दै आयोजक मुर्गिया फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । भारत सिक्कीमको डोङग्री फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक मुर्गिया सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०र४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस र मोफसलका क्लब गरी १० टोलीको सहभागीता रहेको छ ।


















प्रतिक्रिया