२६ असार २०८३, शुक्रबार | July 10, 2026

‘विभेदका प्रवृत्तिलाई समयमै अन्त्य गर्न जरुरी छ’



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछिल्लो समय बदँलिएको समाजमा महिला तथा बालिकामाथि भइरहेका हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज गर्न जरुरी रहेको बताएका छन । ११५ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले महिला हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज पार्न महिलाको नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न, समानताको व्यावहारिक प्रत्याभूति दिलाउन र बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यक औँल्याए ।

अध्यक्ष दाहालले नेपालमा महिलाको सहभागितामा भएका विभिन्न सशक्त र विद्रोहात्मक आन्दोलनको प्रतिफल नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गरेका छन । राज्यको सर्वोच्च तहदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ । संविधान र ऐनमार्फत् महिलाका पक्षमा व्यवस्था गरिएका कानुनको कार्यान्वयन गरेर मात्रै महिला अधिकार, समानता, सशक्तिकरणका विषय पूरा गर्न सकिने उनको भनाइ छ ।

“लैङ्गिक समानता, महिलाअधिकार एवं समान कामका लागि समान ज्यालाको आवाज उठाउँदै अधिकार प्राप्तिका लागि लड्ने प्रेरणा दिएको आजको दिन ८ मार्च संसारभरका महिलाको लागि ऐतिहासिक र गौरवमय दिन हो । यस दिनले हामी सबैलाई लैङ्गिक समानता, सशक्तिकरण र अधिकार प्राप्तिको आन्दोलनमा एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु,” उनले भनेका छन । अध्यक्ष दाहालले सबैखाले लैङ्गिक विभेद र असमानता अन्त्य गर्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : ०९ बजे

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय