१० असार २०८३, बुधबार | June 25, 2026

महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री राणा



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन ।

अन्तर्राष्ट्रिय महिला दिवस-२०२५ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेकी छिन, “आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक छ ।”

नेपालको महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री डा राणाले विकसित मुलुकको तुलनामा नेपाली नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चितता अझै हुन नसकेको बताएकी छिन । उनले विगतदेखि नै आफू महिलाअधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन ।

मन्त्री राणाले भनेकी छिन, “महिलाका जायज आवाजहरूलाई सुनिने र देखिने गरी नीतिगत सुधार गर्ने काममा म निरन्तर रूपमा लाग्ने प्रण आजका दिनमा गर्न चाहन्छु ।” उनले ग्रामीण र सीमान्तकृत समुदायका महिलाको क्षमता वृद्धि गरी राज्य सञ्चालनका क्षेत्रमा उनीहरूको पहुँच पुर्याइ किशोरीहरूको भविष्य सुनिश्चिताका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरेकी छिन ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १० : ४६ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार