३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुटवलदेखि नुवाकोटसम्म वाकाथुन



बुटवल । ११५ औँ अन्तर्राष्ट्रिय श्रमहिला दिवसको अवसरमा शनिबार बुटवलदेखि नुवाकोटसम्म वाकाथुन सम्पन्न भएको छ । वन्डरनेष्ट नामक संस्थाको आयोजनमा बुटवलदेखि नुवाकोटसम्मको ५ किलोमिटर बाटोको यात्रा तय गर्दै विभिन्न खेल तथा सचेतनासहित कार्यक्रम सम्पन्न गरिएको हो ।

संस्थाकी सञ्चालक नेहा अग्रवालका अनुसार वाकाथुनमा ७० जना बढी महिला, बालबालिका तथा युवाहरुको सहभागिता रहेको थियो । सो क्रममा विभिन्न सचेतनामूलक खेलहरु समेत सम्मन गरिएका थिए । संस्थाकी सञ्चालक निकिता कसजुका अनुसार बुटवलदेखि नुवाकोट पुग्ने क्रममा बीच बाटोका विभिन्न ठाउँमा मनोरञ्जनात्मक खेलहरु समेत आयोजना गरिएका थिए । उक्त खेलमा विजेताहरुलाई नुवाकोट पुगेर सरप्राइज गिफ्ट ह्याम्पर प्रदान गरिएको कसजुले जानकारी दिइन् ।

आयोजक संस्थाकी अर्का सञ्चालक प्रविना घिमिरेका अनुसार श्रमिक महिलाहरुको अधिकार तथा सचेतनाका लागि मात्र नभई स्वास्थ्यका लागि समेत प्रतियोगिता आयोजना गरिएको हो । यो प्रतियोगिताले आन्तरिक पर्यटनलाई समेत प्रोत्सहान गर्ने उनले बताइन् । नुवाकोटमा पुगेपछि सहभागीहरु केवलकार हुँदै पुनः बुटवल फर्किने गरी आयोजकले व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ११ : २० बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र