१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

‘देशमा अझै पनि महिला स्वतन्त्र भएर हिँड्ने अवस्था छैन’



काठमाडौँ । महिला अधिकार र समानताका लागि कानुन बनाउन ढिला गर्न नहुने विभिन्न महिला सङ्गठनहरूले बताएका छन् । एक सय १५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ विभिन्न पाँच राजनीतिक दल निकट महिला सङ्गठनहरूले उक्त माग गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापा मगरले नेपाली महिलहरू देश–विदेशमा प्रताडित भइरहेको बताउँदै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराइन् ।

संविधानले महिलाको अधिकार र समानताको प्रत्याभूति गरिसकेको स्मरण गराउँदै उनले भनिन्, “सरकारले संविधानअनुसार कानुन बनाउनतर्फ ध्यान दिनुपर्छ । महिला सुरक्षा र अधिकार संरक्षणमा सरकार केन्द्रित हुनु जरुरी छ ।”

विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले लामो सङ्घर्षमार्फत संविधानमा महिला हकअधिकारलाई लिपिबद्ध गराउन सफल भए पनि व्यवहारमा लागु नहुनु गम्भीर विषय भएको बताइन् ।

उनले आफूहरूले जनयुद्धमा बगाएको रगत र बलिदानमार्फत धेरै महिलालाई सदन तथा सरकारमा पु¥याए पनि महिलाका अधिकारसम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेका गुनासो गरिन् । उनले भनिन्, “हामीहरूले महिला नेतृत्व संसद्मा र सरकारमा पु¥यायौँ तर तपाईंहरूले महिलाहरूका क्षेत्रमा उल्लेख्य काम गर्न सक्नुभएको छैन, यतातिर ध्यान दिनुहोला ।”

चन्दले थपिन्, “इशरा खड्का र सरस्वती खड्काहरूलाई कथित प्रेमीका नाममा ढुङ्गा हानी हत्या भएका छन्, भारतको उडिसास्थित विश्वविद्यालयमा प्रकृति लम्साललाई हत्या गरिन्छ, रिङ्कु सदाह बलात्कृत भएर मुख खोल्न नसकेर आफै जीवन लीला समाप्त गर्ने जस्ता कैयौँ घटनाहरू उदाहरण छन्, जसले देशमा अझै पनि महिला स्वतन्त्र भएर हिँड्ने अवस्था छैन भन्ने पुष्टि गर्छ । त्यसैले सरकार अध्यादेशमार्फत अधिकारको विषयमा पनि सोच्ने हो कि ।”

नेकपा (एस) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी)की अध्यक्ष जयन्ती राईले योगमाया न्यौपानेदेखि अहिलेसम्म महिला अधिकारका लागि बलिदान गरिरहेका महिलाहरूप्रति अझै पनि पितृसत्तात्मक सोच नबदलिनु दुर्भाग्य भएको बताइन् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला सङ्घ अध्यक्ष मीना पुनले राज्यका सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखिन् ।

नेपाल समाजवादी महिला सङ्घकी सल्लाहकार कल्पना सुवेदीले देशमा विभिन्न सङ्घर्ष र बलिदानीपछि पनि महिलाले पूर्ण अधिकार नपाएकाले निरन्तर सङ्घर्ष जारी राख्नुपर्ने बताइन् ।

सङ्गठनद्वारा ‘११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) सफल पारौँ, महिलामाथि सबै खालका विभेदको अन्त्य गरौँ’ भन्ने नाराका साथ माइतीघर मण्डलाबाट र्‍यालीसहित नयाँबानेश्वरस्थित संसद्भवन पुगेर कोणसभा आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १० : २९ बजे

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव