२१ मंसिर २०८२, आइतबार | December 7, 2025

विनोद र अरविनलाई सेमलारमा सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको उपाधि



बुटवल । रुपन्देहीको सेमलारमा सम्पन्न भएको प्रथम सेमलार यु-१६ स्कुल लेभल बुटवल उपमहानगरपालिका तथा लुम्बिनी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगितामा खुलातर्फ मेन्स डबल्सको उपाधि लाफा समुहका विनोद पौडेल र अरविन श्रीपालीको जोडीले चुमेका छन् । बुटवल उपमहानगरपालिका संरक्षकत्वमा सेमलार ब्याडमिन्टन क्लबको आयोजनामा शनिबार अबेर भएको फाईनलमा लाफा समुहकै विवेक न्यौपाने र मनसुन थापाको जोडीलाई २-० को सोझो सेटमा पराजित गर्दै पौडेल र श्रीपालीको जोडीले उपाधि चुमेका हुन ।

उपाधिसँगै विजेताले नगद ४१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता लाफा समुहकै विवेक न्यौपाने र मनसुन थापाको जोडी भने नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए । प्रतियोगितामा गुल्मी फिट एण्ड फाईनका जेनिश शेरचन र अनिस थापाको जोडी तथा सेमलार ब्याडमिन्टनका हिमान्सु कुंवर र लक्ष्मण रानाको जोडी तृतीय हुँदै नगद ७ हजार ५ सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

यसैगरि प्रतियोगिताको मेन्स डबल्स ३० प्लसको उपाधि लाफा समुहका नारायण पौडेल र रक्षा गुरुङको जोडी जितेका छन । शनिबार अबेर भएको फाईनलमा मधवलिया ब्याडमिन्टन क्लबका नरसिंह बुढा र डिल्ली रानाको जोडीलाई पराजित गर्दै लाफा समुहका पौडेल र गुरुङको जोडीले उपाधि चुमेका हुन । प्रतियोगितामा सेमलार ब्याडमिन्टनका तुल्सी पाडेमगर र प्रेम सिह रानाको जोडी तथा बर्दघाट ब्याडमिन्टनका दिल बहादुर सुनारी र पवन श्रेष्ठको जोडी तृतीय भएका छन ।

यसैगरि ४५ प्लसको उपाधि नेपालगंजका अनिल लाखे र जिवन श्रेष्ठको जोडीले चुमेका छन । लाखे र श्रेष्ठको जोडीले फाईनलमा नवलपरासीका शंकर भण्डारी र कृष्ण रानाको जोडीलाई पराजित गर्दै उपाधि चुमेका हुन । प्रतियोगितामा तिलोत्तमा ब्याडमिन्टनका सुरज गुरुङ र रमेश रेश्मीको जोडी तथा बुटवल ब्याटमिन्टनका पंकज ज्ञवाली र महेश्वर नेपालको जोडी तृतिय भएका छन । प्रतियोगिताको मेन्स डबल्सको ३० प्लस र ४५ प्लसतर्फका प्रथम, द्घितिय र तृतिय टिमले क्रमश नगद ३५ हजार, २५ हजार र ७५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको क्लबका सचिव ईश्वरी तरामुले बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रवक्ता तथा वडा नं १५ का वडाअध्यक्ष शिव राना, क्लबका अध्यक्ष पुर्ण प्रकाश थापा, क्लबका सल्लाहकार जय बहादुर छन्त्याल, खेल संयोजक चुरन थापा मगरले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । यु-१६ मेन्स डबल्स प्रतियोगिता नगरस्तरिय अन्तरमाबि तथा खुला मेन्स डबल्स, ३० मेन्स डबल्स र ४५ प्लस डबल्स गरि चार विधामा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : ४२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल