१३ बैशाख २०८३, आइतबार | April 26, 2026

ज्ञानेन्द्र शाहीलाई बिष्णु रिमालले भने- यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन



काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जवाफ दिएका छन् । सामाजिक संजालमा ज्ञानेन्द्र शाहीले आइतबार पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्वीर बारे लगाएको आरोपको जवाफ दिदै गलत सूचनाको सहारामा दुर्घटनाबस मर्यादित स्थानमा पुगेका अयोग्य व्यक्तिको संज्ञा दिएका छन् ।

उनले भनेका छन्- डिसईन्फरमेसनको सहारामा एक्सिडेन्टली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाईने भ्रम यस्तै हो । यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन । कसले कहॉ के गर्दैछ- समाचार त आएकै छ नि !

साथै उनले यस्तो पनि भनेका छन्- 

कॉक्रा चोरहरू-
कॉक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा 
हत्तपत्त अर्काको गालामा बियॉ टॉसी
कुलेलम ठोक्छन् !
दलालहरू- 
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि 
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् !

सांसदसमेत रहेका शाहीले सामाजिक सञ्जालमा लेख्दै पूर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो  प्रधानमन्त्री केपि ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाएको आरोप लगाएका थिए ।

शाहीले सामाजिक सञ्जालमा लेख्दै रिमालले योगी आदित्यनाथको तस्बीर राख्न लगाएको पाइएको उल्लेख गरेका हुन् । साथै उनले नेपाली  राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेको समेत बताएका छन् ।

उनले भनेका थिए – 

हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो  स्वयम् प्रधानमन्त्री केपि ओलि ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाईएको पाईएको छ । नेपाली  राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि । विदेशीको एजेन्डामा र सिद्धान्तनमा  पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ?  माक्स, लेलिन, माओ कुन देशका हुन ?

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : २७ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण