८ पुस २०८२, मंगलबार | December 23, 2025

गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा ‘समाजवादी मोर्चा’ को जोड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत पार्टी अबद्ध ‘समाजवादी मोर्चा’ ले गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

सिहंदरबारमा आज बसेको मोर्चाको बैठकले राजसंस्थाबाट मुलुक र जनताको हित हुन नसक्ने भन्दै जनतामा छाएको निरासाबाट राजसंस्थावादीले फाइदा उठाउन खोजेको ठहर गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरू सहभागिता बैठकले भोलि फेरि बैठक बसी पछिल्लो राजनीतिक गतिविधिबारे धारणा सार्वजनिक गर्ने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारले गरेका गतिविधिका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको जिकिर गरे । एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक दलहरूको लामो सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन गणतन्त्रवादीहरू सङ्गठित हुनुपर्नेमा जोड दिए । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता गंगा नारायण श्रेष्ठले देश अफ्ठ्यारो अवस्थामा धकेलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ९ : ०७ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३