२४ आश्विन २०८३, शनिबार | October 10, 2026

ज्ञानेन्द्र शाहीको बिष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस् !



काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाललाई अर्को चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारीको लागि तयार हुन र रिमाललाई वडा अध्यक्षको तयारी गर्न कटाक्ष गरेका हुन् ।

उनले भनेका छन् –

आदरणीय भनौ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको  स्याल हुयाँ दिन बन्द गर्नुहोस ।अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ के प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? । लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरुलाई लुटी खाने भाँडो भयो l लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस् । र तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस् ।

यस अघि सोमबार शाहीले आइतबार पूर्वराजाको स्वागतमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बीर प्रधानमन्त्री ओलीको निर्देशनमा रिमालले राख्न लगाएको आरोप लगाएका थिए । शाहीको आरोपको जवाफ दिदै रिमालले उनलाई ‘नालायक’ भनेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ९ : २६ बजे

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी

नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई