४ पुस २०८२, शुक्रबार | December 20, 2025

पूर्वराजाको उक्साहटमा संविधानविपरीतका दण्डनीय काम भए : महेश बर्तौला



काठमाडौं । नेकपा एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले केही दिनयतादेखि राजावादीहरुले संविधानविरोधी गतिविधि गरेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रकै उक्साहटमा जनता सडकमा आएका र त्यहाँ संविधानविपरीत र राष्ट्र हितविपरीतका गतिविधि भएको बताएका हुन् ।

उनले भने, ‘पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधानविपरीतका कार्यहरु भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रि गान गाउने, मुलुकको राष्ट्रिय गानको अपमान गर्ने, यस खालका संविधानविरोधी गतिविधिहरु भइरहेका छन् । यी सबै कामहरु गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयंले उक्साहट दिइरहेका छन् । उनको स्वयं आफ्नो उपस्थिति रहेको छ ।’

साथै, राजावादीहरुको विरोध प्रदर्शनमा भारतका उत्तर देशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरसमेत प्रयोग गरिएको स्मरण गराउँदै उनले यसलाई राष्ट हितविपरीतको कामको संज्ञा दिदै कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।

लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताउदै बर्तौलाले संग्राहलयमा थन्किएको राजतन्त्रबाट फेरि पनि हुकम प्रमाङ्गी चलाउँछु भन्ने सपना नदेख्न पूर्वराजालाई चेतावनी समेत दिएका थिए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको