८ माघ २०८२, बिहिबार | January 23, 2026

नेपालमा राजा फर्कने कुनै सम्भावना छैन, त्यो सपना नदेखे हुन्छ : प्रेम सुवाल



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।
चाँगुनारायण नगरपालिकाको नवौँ स्थापना दिवसको आज उद्घाटन गर्दै उनले नेपाल मजदुर किसान पार्टी राजाको पक्षमा कहिल्यै नरहेको बताए।
सचिव सुवालले भने, “पार्टी अध्यक्षको एउटा अन्तर्वार्तालाई काटकुट गरी अतिरञ्जित गर्ने प्रयास भएको छ । नेमकिपा कहिल्यै पनि राजाको पक्षमा छैन, हिजो पनि थिए, अब पनि हुदैन । त्यसैले भ्रम फलाएर राजाको पक्षमा जनमत ल्याउन नखोजौँ, राजसंस्था अब फर्किन्न ।” सत्तामा पुगेका दलहरूले जनता र देशको पक्षमा काम गर्नुपर्ने बताउँदै उहाँले विदेशी प्रतिक्रियावादीसँग सधैँ चनाखो रहनुपर्ने बताए ।
सांसद सुवालले चाँगुनारायण नगरपालिकाले विसं २०८२ मा आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष–२०८२ मा आन्तरिक र बाह्य पर्यटकको भ्रमणसँगै यहाँका ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षण, उत्खननलाई पनिसँगै लैजानुपर्ने बताए ।
चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी वैशाख १ गतेदेखि वर्षभरी मनाइने भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पयटकलई आकर्षित गर्न आवश्यक योजना तथा कार्यक्रम अगाडि बढाउने  बताए । उनले यहाँका सबै पर्यटकीय क्षेत्रको पहिचानलाई विश्व मानचित्रमा पुर्‍याउन भ्रमण वर्षको आयोजना गर्न लागिएको र भ्रमण वर्षले सिङ्गो चाँगुनारायणको समृद्धिमा फड्को मार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नगरपालिकाका निवर्तमान् प्रमुख सोमप्रसाद मिश्र, निवर्तमान् उपप्रमुख जुना बस्नेत, नेपाली कांग्रेसका प्रतिनिधि शिवहरि केसीलगायतले नगरकोट भ्रमण वर्ष चाँगुनारायण नगरवासी सबैको भएकाले आवश्यक सहयोग रहने बताए ।
कार्यक्रममा नगरपालिकाको कानुन पुस्तक सार्वजनिक गरिएको थियो भने भ्रमण वर्षका विज्ञ डा धनश्याम खतिवडाले भ्रमण वर्षको तयारीबारे र नगरपालिकाका सामाजिक शाखा अधिकृत निला घिमिरेले नगरपालिकाको चालु आर्थिक वर्षमा भएका प्रगति विवरण प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : २२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा