४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ को फाइनल आज, अध्यक्ष प्रचण्ड सहभागी हुने



बुटवल । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ को फाइनल प्रतिस्पर्धा आज हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा सैनामैना-४ मुर्गियामा रहेको सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिताको उपाधिका लागि कपिलवस्तु-११ र अभिषेक चर्च रजहर बीच प्रतिस्पर्धा हुन लागेको हो ।

दिउँसो २ बजेदेखि हुने उपाधि प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सम्बोधनका लागि सहभागी हुने आयोजकले जनाएको छ ।

यही फागुन २२ गतेदेखि जारी प्रतियोगितामा भारतीय क्लबसहित नेपालका दुई विभागीय, आयोजक तथा विभिन्न क्लब गरी १० समुहको सहभागिता रहेको थियो । नकआउटका आधारमा खेलाइएको खेलमा कपिलवस्तु ११ ले आयोजक मुर्गिया फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने अभिषेक चर्चले काठमाडौंको महावीर क्लबलाई पराजित गरेको थियो ।

सैनामैनामा नगरपालिकाको संरक्षकत्व तथा आर्थि सहयोगमा आयोजना गरिएको प्रतियोगितालाई सुनगाभा पब्लिक स्कुलले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उपविजेता समुहले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समुहलाई समान ४०-४० हजार रुपैयाँ नगद राशी प्रादन गरिने छ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीलाई समान १५ हजार रुपैयाँ नगद राशीले सम्मान गरिँदै छ । यसैगरी प्रत्येक खेलमा म्याद अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार राशी प्रदान गरिएको थियो । प्रतियोगितामा आयोजक सहित विभागीय टोलीहरु नेपाल पुसिल र एपीएफ, भारतको सिक्किमको डिजोंग्री क्लब, महाविर क्लब काठमाडौं, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु-११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देही सहभागी छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ५१ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ