२ मंसिर २०८२, मंगलबार | November 18, 2025

पाकिस्तानमा रेल अपहरण : २१४ बन्दी, ३० जनाको हत्या



इस्लामवाद । पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरेको छ । ४५० जना यात्रा गरेको सो रेलबाट २१४ जनालाई बन्दी बनाइएको हो ।

समाचार एजेन्सीका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक पृथकतावादी सङ्गठनले नियन्त्रणमा लिएको हो । सो सङ्गठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । उक्त रेल क्वेटाबाट पेसावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीले जनाएका छन् ।

सुरक्षा निकायले दिएको जानकारी अनुसार रेल नियन्त्रणमा लिने क्रममा महिला र बालबालिकालाई मानव ढालको रूपमा प्रयोग गरिएको थियो । त्यसमा रहेका १०४ जनालाई भने सुरक्षा निकायले उद्धार गरेको छ । उद्धार हुनेमा ५८, पुरुष, ३१ महिला तथा १५ बालबालिका छन् । घटनाको पूर्ण विवरण अझै आइसकेको छैन ।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले लडाकु समूहले रेलमा हमला गरेको पुष्टि गरे । यद्यपि, यस विषयमा उनले थप विवरण आउन बाँकी रहेको जनाएका छन् ।

भौगोलिक विकटताका कारण सो क्षेत्रमा सरकारी अधिकारी तथा सुरक्षाकर्मी पुग्न समय लाग्ने उनको भनाइ छ । रेलवे विभागले सो क्षेत्रमा उद्धारका लागि अन्य रेल पठाउने तयारी गरेको बताएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ०० बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो