३१ भदौ २०८३, बुधबार | September 16, 2026

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक



काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको जानकारी दिएकी हुन । सामाजिक सञ्जालमार्फत आज उनले उक्त विधेयक अब मन्त्रिपरिषद् लैजाने र त्यसपछि संसद्मा पेस गरिने उल्लेख गरेकी छिन ।

मन्त्री गौतमले बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको बताएकी छिन ।

प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा पाउने र बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउने व्यवस्था गरिनेछ ।

मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गर्दै अभिभावकत्व साझा जिम्मेवारी भएको बताएकी छिन ।

हाल कार्यान्वयनमा रहेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १० : ५१ बजे

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला