१९ असार २०८३, शुक्रबार | July 3, 2026

पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै, तराइमा भोली



काठमाडौं । देशका पहाडी क्षेत्रमा बिहीबार (आज) फागुपर्व तर्थात होली मनाइँदैछ । यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । यो पटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ ।

वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरेर एक आपसमा खुशी साट्ने दिनका रूपमा लिइन्छ ।

यही पर्वलाई तराई-मधेश क्षेत्र होलीका नाममा पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा छ । अर्थात तराईमा होली भोली मनाइदैछ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको बताइन्छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।

काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि फागुपर्व शुरू हुन्छ । पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त भएपछि सकिन्छ । तराई-मधेश क्षेत्र भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ । फागुपर्वका अवसरमा सरकारले आज पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ७ : १८ बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई