११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उहाँका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

“लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम,मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्छ,” स्रष्टा क्षेत्री र उनको सृजना बसाइँको आवरण पृष्ठको तस्विर पोष्ट गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।

साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ९ : २१ बजे

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङ । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा १८

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी

सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका