१३ भदौ २०८३, शनिबार | August 29, 2026

‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका साथ बाँकेमा पत्रकारहरुको होली



नेपालगञ्ज । ‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका साथ नेपाल पत्रकार महासंघ बाँके शाखाले आज होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय प्रशासनका अधिकारीहरु र पत्रकारहरुको उपस्थितीमा महासंघले होली मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

नेपालगञ्ज-४ सञ्चारग्राम (बसपार्क) मा आयोजना गरिएको होली मिलन कार्यक्रममा सहभागी वक्ताहरुले होलीलाई रंग र सद्भावको पर्वको रुपमा मनाउँदै आपसी तिक्तता भुलेर नयाँ ढंगले अघि बढ्नुपर्ने सन्देश होलीले दिएको बताए । उनीहरुले होली मिलनले समाजमा बस्दै आएका स्थानीयमा सदभाव र मित्रता कायम हुने विश्वास व्यक्त गर्दै पर्वलाई मर्यादित बनाउन भने जरुरी रहेको बताए

होली मिलन कार्यक्रममा आपसमा शुभकामना साटासाटसंगै रंग खेलेर रमाइलो गरिएको थियो । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरापालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका गणपति सशस्त्र प्रहरी प्रमुख एसपी शोभाकान्त खनाल, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीलगायतले होलीको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, निवर्तमान कार्यबहाक अध्यक्ष संगिन शर्मा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले होली मिलन कार्यक्रम राखेकोमा महासंघलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १० : १७ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक