४ पुस २०८२, शुक्रबार | December 19, 2025

बालसुधार गृह झडपमा घाइतेको संख्या ३६ पुग्यो, भवन ध्वस्त भएपछि उद्दार गरिएका बालबन्दी खुल्ला चौरमा



काठमाडौँ । बाँकेको डुडुवामा रहेको जयन्दु बालसुधार गृहमा भएको झडपबाट घाइते हुनेहरुको संख्या ३६ पुगेको छ । ष्रातीबाट भएको झडप र आगजनीबाट घाइतेभएकाहरुको भेरी अस्पताल नेपालगन्ज र नर्सिङहोममा उपचार भइरहेको छ ।

आगजनीबाट सुधार गृहको भवन ध्वस्त भएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । झढप भएको झण्डे १५ घण्टा पनि स्थिती नियन्त्रणमा आएको उनले बताए । स्थिती नियन्त्रणमा आएपनि बालुसुधार गृहबाट उद्दार गरिएका बालबन्दीहरुलाई आज राख्ने स्थानको समस्या देखिएको छ । २ सय ५५ जना बालबन्दी रहेको सुधारगृहमा झढपबाट घाइते भएका ३६ जनाको उपचार भइरहेपनि बाँकी रहेका बालबन्दीलाई राख्ने चुनौती आएको प्रजिअ जोशीले बताए ।

लगातारको प्रयास र आग्रहलाई बालबन्दीहरुले अटेर गरेपछि प्रहरीले हल्का बल प्रयोग गरेर भित्र प्रवेश गरेको थियो । बालबन्दीहरुले नै गरेको आगजनीबाट भवन ध्वस्त भएपछि उनीहरुलाई अस्थायीरुपमा राख्ने स्थानको चुनौती आएको जोशीले बताए ।

प्रहरीले उद्दार गरिएका बालबन्दीको गणना सुरु गरेको र केही भागेको हुन सक्ने पनि प्रजिअ जोशीले बताए । बाल सुधार गृहमा २ सय ५५ बालबन्दी रहेका छन् । केही दिन अघिमात्रै तीन जना प्रहरीलाई कुटेका थिए । यसअघि झडप गरिरहनेहरुलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।

पछिल्लो समय बाल सुधार गृह प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्न नमिल्ने र भित्र रहेकाहरु आपसमा लडिरहने प्रचलन जस्तै बनेको एक प्रहरी अधिकारीले बतार्ए । १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्ष माथिकाहरुलाई पनि मुद्दा किनारा नलाग्दा सम्म भन्दै बसाउँदा सधै लफडा हुने गरेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : ०२ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ