११ असार २०८३, बिहिबार | June 25, 2026

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गरेका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको कर्णाली प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले व्यक्तिका कमजोरीलाई व्यवस्थामाथि थुर्पादा सही नहुने टिप्पणी गरे । मुख्यमन्त्री कँडेलले भने,“सत्ता सञ्चालनमा केही कमजोरी होलान्, नागरिकका अपेक्षाअनुसार हाम्रा गतिविधि सुधारेर जान सकिन्छ तर सत्ताको कमजोरीलाई व्यवस्थासँग तुलना गर्नु जायज होइन ।”

उनले सत्ता सञ्चालकको कमजोरीलाई लिएर व्यवस्थामाथि गरिने प्रहारले नागरिक अधिकारमाथि नै धावा बोलेको आफ्नो बुझाइ रहेको बताए । मुख्यमन्त्री कँडेलले फेरि रैति बन्न शासन व्यवस्था बदल्छु भनेर लाग्नु मूर्खता भएको र त्यस्तो मूर्खता नगर्न सुझाव दिए । “जनताले लामो सङ्घर्ष गरेर ल्याएको यो व्यवस्थाभन्दा अर्को उन्नत व्यवस्था छैन, कमजोरी सुधारौँ तर व्यवस्थमाथिको प्रहार बन्द गरौँ”, उनले भने ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ९ : ४० बजे

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

पाल्पा । यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण सम्बन्धी

विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी

स्रोत नखुलेको नगद र गरगहनासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली