१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कहिले सुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ?



काठमाडौं। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किनेबारे अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ ।

सुनिता र बुचलाई लिन गएको स्पेसएक्सको अन्तरिक्ष यान आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेपछि अब नासाले उनीहरुलाई फर्किने प्रक्रिया सुरु हुने जानकारी दिएको हो ।

नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट एजेन्सीको स्पेसएक्स क्रू(९ पृथ्वीमा फर्कने प्रक्रिया नेपाली समय अनुसार मंगलबार बिहानदेखि सुरु हुने बताएको छ ।

नासाले सुनिता र बुचका अलावा अन्तरिक्ष यात्री निक हेग र रोस्कोसमोस अन्तरिक्ष यात्री एलेक्जेन्डर गोर्बुनोभ पनि सँगै फर्किन लागेको जानकारी दिएको छ ।

आइतबार संयुक्त राज्य अमेरिका, जापान र रुसको प्रतिनिधित्व गर्दै चार नयाँ अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेका थिए ।

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा