९ भदौ २०८३, मंगलबार | August 25, 2026

रुपन्देहीमा एसइई शान्तिपूर्ण, भैरहवाबाट एक नक्कली परीक्षार्थी पक्राउ



भैरहवा । रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सुचना अधिकृत अम्बर केसीले जानकारी दिए । परिक्षामा रेगुलर तर्फ १७ हजार ३ सय ३० मध्ये १७ हजार २ सय १७ जना विद्याथीहरुले परिक्षा दिएको र ११३ जना विद्यार्थी अनुपस्थिती रहेको शिक्षा अधिकृत केसीले जनाए ।

यसैगरी अपाङ्ग भएका विद्यार्थीहरु पूर्ण रुपमा हात नचल्ने र दृष्टि विहिन विद्यार्थीहरु गरी १५ जना विद्यार्थीले सहयोगी विद्यार्थीको रुपमा कक्षा ९ का विद्यार्थीको सहयोगले परिक्षा दिएका छन । उनिहरुको अवस्था हेरेर आधा घण्टा समय थप गरिएको पनि शिक्षा अधिकृत केसीले बताए ।

साथै, कारागार र बालसुधार गृहबाट ८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त विद्यार्थीहरुको परिक्षा केन्द्र भैरहवा नमुना मा।वि भएपनि उनीहरुले आफु रहेकै स्थान बाट परिक्षा दिने व्यवस्था मिलाइएको थियो ।

यसैबीच रुपन्देहीको सिद्धार्थनगर नगरपालिका -८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेको विद्यालयका प्राचार्य रूप कुमार रायमाझीले जानकारी दिए । उनका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्बिर र परीक्षार्थीको अनुहार नमिले पछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।

तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्राचार्य रायमाझीले बताए । उक्त विद्यार्थीको ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेको र त्यसैमा पनि नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि उक्त विद्यार्थीलाई जिल्ला प्रहरी कार्यलय रुपन्देही पठाइएको प्राचार्य रायमाझीले जानकारी दिए ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  २ : १४ बजे

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ । तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती । अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति ।