७ बैशाख २०८३, सोमबार | April 20, 2026

२३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिता बुटवलमा भोलीदेखि सुरु, प्रतियोगिताको सम्पूर्ण तयारी पूरा



बुटवल । रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता भोली शनिबारदेखी शुरु हुदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको २३ औं संस्करणको सबै तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए । प्राविधिक पक्षमा धेरै काम भएको उनले बताए ।

मैदानमा माटो पट्याउने, सम्याउने र निरन्तर पानी राखेर हरियो बनाउने काम ३ महिनादेखि थालेको उनले बताए । चारैतिर तारजाली गर्ने, रंगरोगनमात्र नभई यसपटक मुल गेट नजिक न्यु होराईजन माबिको सहयोगमा नमुना शौचालन निमार्ण गरिएको उनले बताए । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३ औ संस्करण नेपालमा एन्फाको मान्यता प्राप्त खप्तड, बिराट, आहारारा र तिलोत्तमा चार मुख्य गोल्डकप भएको उनले बताए ।

यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैया वृद्धि गरिएको उनले बताए । ‘प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।’-उनले भने । यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । ब्यस्त स्याडुलका कारण यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङदी क्लब भने प्रतियोगितामा सहभागी नहुने उनले बताए ।

यो वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन । चैत ९ गतेबाट १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।

प्रतियोगिताको २२ औं संस्करण मनाङ मस्र्याङ्दी क्लब, काठमाडौंले जितेको थियो ।

तिलोत्तमा गोल्डकपको हालसम्म आयोजित २२ वटा प्रतियोगितामा सहभागी भएका १५ क्लबले उपाधि जितेका छन् । जसमा तीन वटा उपाधि विदेशी टिमहरु भारतको बम्बई फर्टिलाईजर मुम्बई र महिन्द्रा एण्ड महिन्द्रा तथा क्यामरुनको दाउफिन्स एफसीले जितेका छन् ।

प्रतियोगिताको २०३३ सालमा आयोजित पहिलो संस्करणको उपाधि सिद्धार्थ खेलकुद परिषद् रूपन्देहीले जितेको थियो भने २२ औं संस्करणको (डिफेण्डीङ च्याम्पियन) उपाधि मनाङ मस्र्याङदी क्लब रहेको छ । । हालसम्म कालिका स्पोर्टिङ क्लब र महेन्द्र पुलिस क्लबले ३-३ पटक जितेर कप कब्जा गरेका छन् भने त्रिभुवन आर्मी क्लब र रूपन्देही ११ ले २-२ पटक जितेका छन् ।

यो प्रतियोगिता बम्बई फर्टिलाइजर भारत, जनकपुर चुरोट कारखाना, आरएनएसी, महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सिएमसी संकटा, थ्रिस्टार क्लब काठमाडौं, क्यामरुनको दाउफिन्स एफसी र मनाङ मस्र्याङदी क्लबले १-१ पटक जितेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : ५२ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय