१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकोमा सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।

नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताए । उनले निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिए ।

दुई पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउँन पाउँदा गर्भ महसुुस भएको उल्लेख गरे ।

सम्मेलनबाट प्राप्त निष्कर्षहरु सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गरे ।

कार्यक्रममा समाजका अध्यक्ष प्रा डा दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतिकरण गरेकी थिईन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ९ : १९ बजे

९ वर्षिय बालकको गाडिएको अवस्थामा शव भेटियो

कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल

कैलालीमा प्रचण्डलाई अछामी विशेष परिकार भक्सीको स्वाद चखाइयो

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई-मधेस जागरण अभियानको

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा पदस्थापन

बुटवल । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद