२२ असार २०८३, सोमबार | July 6, 2026

२३ औं तिलोत्तमा गोल्डकप आजदेखी शुरु, उद्घाटनमा आयोजक र एपीएफ भिड्दै



बुटवल । रुपन्देही कै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप प्रतियोगिता आजदेखी शुरु हुदैछ । देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको २३ औं संस्करणको प्रतियोगिताको उद्घाटनमा आज आयोजक र विभागीय टोली एपीएफ बीच प्रतिस्पर्धा हुँदै छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको आर्थिक सहयोग र संरक्षकत्वमा २३ औँ संस्करणको प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि सबै तयारी पूरा भएको एन्फा रुपन्देही अध्यक्ष लोक पुनले बताए । यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैया वृद्धि गरिएको उनले बताए ।

‘प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।’- उनले भने । यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

व्यस्त स्याडुलका कारण यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङदी क्लब भने प्रतियोगितामा सहभागी नहुने उनले बताए । यो वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन । चैत ९ गतेबाट १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।

प्रतियोगिताको २२ औं संस्करण मनाङ मस्र्याङ्दी क्लब, काठमाडौंले जितेको थियो ।

तिलोत्तमा गोल्डकपको हालसम्म आयोजित २२ वटा प्रतियोगितामा सहभागी भएका १५ क्लबले उपाधि जितेका छन् । जसमा तीन वटा उपाधि विदेशी टिमहरु भारतको बम्बई फर्टिलाईजर मुम्बई र महिन्द्रा एण्ड महिन्द्रा तथा क्यामरुनको दाउफिन्स एफसीले जितेका छन् ।

प्रतियोगिताको २०३३ सालमा आयोजित पहिलो संस्करणको उपाधि सिद्धार्थ खेलकुद परिषद् रूपन्देहीले जितेको थियो भने २२ औं संस्करणको (डिफेण्डीङ च्याम्पियन) उपाधि मनाङ मस्र्याङदी क्लब रहेको छ । । हालसम्म कालिका स्पोर्टिङ क्लब र महेन्द्र पुलिस क्लबले ३-३ पटक जितेर कप कब्जा गरेका छन् भने त्रिभुवन आर्मी क्लब र रूपन्देही ११ ले २-२ पटक जितेका छन् ।

यो प्रतियोगिता बम्बई फर्टिलाइजर भारत, जनकपुर चुरोट कारखाना, आरएनएसी, महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सिएमसी संकटा, थ्रिस्टार क्लब काठमाडौं, क्यामरुनको दाउफिन्स एफसी र मनाङ मस्र्याङदी क्लबले १-१ पटक जितेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ३६ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ