५ पुस २०८२, शनिबार | December 20, 2025

बालेनको प्रकाशमान सिंहलाई सल्लाह : गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकार विरुद्ध कटाक्ष गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसपटक भने उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन् ।

अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने ? भन्दै उनले शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै उनले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रहेको उल्लेख गर्दै कहिले गर्ने भनेर प्रश्न गरेका छन् । बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश चाहिँ नहराउन सिंहलाई आग्रह गर्दै आफुलाई हराउने नाममा गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन सल्लाह दिएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ९ : २८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता